Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव, सबै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

अर्थ संसार

शनिबार, ०७ चैत्र २०८२, ०७ : २७ मा प्रकाशित

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव, सबै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ । 

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस,  बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का  वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको