गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०८२ साल चैत ७ गते शनिबारका दिन देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
मुस्लिम आयोगबाट प्राप्त पत्रका आधारमा सो दिन ईदुल फित्र पर्व परेको पुष्टि भएपछि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। ईदुल फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जसले रमजान महिनाभरको रोजा (उपवास) समाप्त भएको संकेत गर्दछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस