पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घटीरहेको छ । केही समय अघिसम्म लगातार बढी हरेको सुनको मूल्य पछिल्ला दिनमा लगातार जसो घटीरहेको हो ।
पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा १९ हजार ७०० रुपैयाँले गिरावट आएको छ । गत फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १४ हजार २०० प्रतितोलामा कारोबार भएको थियो । साताभर घटेको सुनको मूल्य चैत ६ गते शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चैत १ गते आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चैत २ गते सोमबार भने सुनको मूल्य १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चैत ३ गते मंगलबार पनि सुनको मूल्य ४०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चैत ४ गते बुधबार भने सुनको मूल्य २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चैत ५ गते बिहीबार पनि एकैदित ५ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ र चैत ६ गते पुनः ७ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९४ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस