Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामा बजेट कम भएकोमा चिन्ता

मंगलबार, १६ जेठ २०७४, २१ : ०५ मा प्रकाशित

शिक्षामा बजेट कम भएकोमा चिन्ता

अर्थ संसार, काठमाडौँ - शिक्षामा कार्यरत सङ्घसंस्थाहरुको छाता सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारको आर्थिक वर्ष २०७४/०७५ को राजस्व र व्ययको विवरण (बजेट) मा शिक्षा क्षेत्रको बजेट निराशाजनक पाइएकोमा चिन्ता व्यक्त गरेको छ । 

राज्यले विभिन्न अन्तराष्ट्रिय मंचमा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउने गरी गरेका प्रतिवद्धता विपरित यस वर्ष पनि शिक्षा क्षेत्रको बजेट मुस्किलले १० प्रतिशत मात्र रहेकाले संविधानको मौलिक हक कार्यान्वयनप्रति सरकार गम्भीर नभएको उदाहरण प्रस्तुत भएको सो संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा शिक्षा क्षेत्रमा विनियोजित कुल रकम मध्ये आधा भन्दा कम रकम स्थानीय तहमा रहनुले सरकार पुन परम्परागत बाटो अपनाउँदै केन्द्रिकृत प्रवृत्तिको पुनरावृत्तिमा लागेको आरोप लगाउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको