Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर र ताप्लेजुङ्गवासीलाई रैराङ  हाइड्रोपावर डेभलपमेन्टको आइपिओ जेठ २५ गतेबाट , यहाँबाट आवेदन दिनुहोस्

बुधबार, १७ जेठ २०७४, १२ : २५ मा प्रकाशित

पाँचथर र ताप्लेजुङ्गवासीलाई रैराङ  हाइड्रोपावर डेभलपमेन्टको आइपिओ जेठ २५ गतेबाट , यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार,  काठमाडौं–   स्थानीयवासीको लागि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख २५ गतेबाट साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साधारण सेयर प्रभावित क्षेत्र ( उद्योग प्रभावित क्षेत्र ) पाँचधर तथा ताप्लेजुङ्ग जिल्लाका वासन्दिाहरुका लागि पहिलो चरणमा स्थानीयको लागि साधरण शेयर जारी गर्ने भएको हो ।

कम्पनीले स्थानीयको लागि ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

जम्मा कित्ता मध्ये २ लाख २४ हजार कित्ता सेयर पाँचथर जिल्लाका थर्पु गाविस तथा ताप्लेजुङ्ग जिल्लाको साव्लाखु गाविसका स्थानीयवासीलाई  र अन्य बाँकी ३ लाख ३६ हजार कित्ता पाँचथर  र ताप्लेजुङ्ग जिल्लका  अन्य गाविसका वासीन्दाहरुलाई दिइने कम्पनीले जनाएको छ । 

कम्पनीले जारी गर्न लागेको उक्त सेयरमा छिटोमा असार ८ गते र ढिलोमा असार २३ गतेसम्म आवेदन दिन सकिने छ  । आईपिओ पाउने भएपछि यहाँका स्थानीयवासीहरु हर्षित भएका छन् । 

यहाँबाट दिनुहोस आवेदन

सिभिल बैंक लि. थुर्पु गा.वि.स मेदीबुङ बजार शाखा
सिभिल बैंक लि. फिदिम शाखा, पाँचथर
माछापुच्छ्रे बैंक लि. फिदिम शाखा, पाँचथर
एन आइसी एशिया बैंक लि. फिदिम शाखा, पाँचथर
एनएमबी बैंक लि, फिदिम शाखा, पाँचथर,
एनएमबि बैंक लि.  ताप्लेजुङ शाखा  

592e6df7ab81b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको