Like us!
Follow us!
Connect us!
Watch us!
आज चार कम्पनीको बोनस सेयर सूचिकृत

बोनस सेयर दिन कम्पनीबिच होडबाजी

बुधबार, १७ जेठ २०७४, १३ : १४ मा प्रकाशित

बोनस सेयर दिन कम्पनीबिच होडबाजी

अर्थ संसार, काठमाडौं–  कम्पनीबिच हिजोआज आफ्ना लगानीकर्ताहरुलाई बोनस सेयर दिने होडबाजी चलेको छ ।

तोकिएको समयमा चुक्ता रकम पुर्याउने हेतुले कम्पनीले धमाधम बोनस सेयर  दिन थालेका हुन् । आज मात्रै नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।  बोनस सेयर दिने कम्पनीहरु तल यस प्रकारको छ । 

सोल्टि होटल लिमिटेड

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सोल्टि होटल लिमिटेडको ५२ लाख ६५ हजार ५ सय २४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता सेयर नेपसेमा सूचीकृत भएको छ । 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

कैलाश विकास बैंक लिमिटेड

कैलाश विकास बैंक लिमिटेडको ३९ लाख ५० हजार ८ सय ४० कित्ता बोनस शेयर र ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

यो पनि पढ्नुहोस् 

१० कम्पनीको आइपिओ पाइपलाइनमा, दोस्रो सयेर बजार जोखिमपूर्ण, आइपिओ तर्फ लगानीकर्ता आकर्षित

पाँचथर र ताप्लेजुङ्गवासीलाई रैराङ हाइड्रोपावर डेभलपमेन्टको आइपिओ जेठ २५ गतेबाट , यहाँबाट आवेदन दिनुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको