Like us!
Follow us!
Connect us!
Watch us!

सवारी साधन नविकरण गर्दै हुनुहुन्छ ? थाहा पाउनुस् कुन सवारीमा कति कर दस्तुर

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १५ : १२ मा प्रकाशित

सवारी साधन नविकरण गर्दै हुनुहुन्छ ? थाहा पाउनुस् कुन सवारीमा कति कर दस्तुर

हरेक वर्ष सवारी साधन नविकरण गर्नुपर्ने हुन्छ । कहिलेसम्मको कर तिरिएको छ भन्ने कुरा ब्लूबुकमा भएको अभिलेख हेरेर थाहा हुन्छ । ब्लूबुकमा आर्थिक वर्ष, रसिद नम्बर, रकम र कर तिरेको मिति लेखी कर तिरेको अभिलेख उल्लेख गरिएकाे हुन्छ ।

बागमती प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन ,२०७५ को दफा ३५ बमोजिम दर्ताको प्रमाणपत्र (ब्लूबुक) मा लेखिएको म्याद नाघेको ३ महिना भित्र नविकरण गराइसक्नु पर्नेछ भन्ने व्यवस्था छ । 

ब्लूबुकको "प्रमाण-पत्र नविकरण" भन्ने पानामा नविकरण गरेको मिति र नविकरण कायम रहने म्याद लेखिएको हुन्छ । लेखिएको म्याद नाघेको ३ महिनाभित्र प्रमाणपत्र नविकरण गराइसक्नुपर्छ । 

हरेक आर्थिक वर्षमा यातायात व्यवस्था विभागले कर दस्तुर सार्वजनिक गर्ने गर्दछ । साेही अनुसार प्रदेश आर्थिक एन - २०७८ बमाेजिम आर्थिक वर्ष २०७८/७९ का लागि कर दस्तुर सार्वजिक गरिएकाे छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि ताेकिएकाे कर दस्तुर यस प्रकारकाे छ :

सवारी साधन कर

सिसि माेटरसाईकल/स्कुटर                        रकम

१२५ सिसि सम्म                            –            रु.३०००।–

१२५ देखि १५० सिसिसम्म             –             रु.५०००।–

१५० देखि २२५ सिसिसम्म            –             रु.६५००।–

२२५ देखि ४०० सिसिसम्म            –              रु.११०००।–

४०० देखि ६५० सिसिसम्म            –            रु.२००००।–

६५० सिसि भन्दा माथि सबै           –            रु.३००००।–

विद्युतीय सवारी साधन

६५० बाट देखि १००० बाटसम्म       -           रू.२००० ।-

१००० बाट भन्दा माथिदेखि १५०० बाटसम्म -   रू. २५०० ।-

१५०० बाट भन्दा माथि                             -   रू.३००० ।-

दर्ता, सरूवा दर्ता तथा सरूवा सहमती दस्तुर 

निजी                                                 - रू.५०० ।-

सरकारी, संस्थान                                  - रू.५०० ।-

सरूवा सहमती दस्तुर                            - रू. ५०० ।-

सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुर

माेटरसाईकल/स्कुटर                                  - रू. ५०० ।-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको