Like us!
Follow us!
Connect us!
Watch us!

हैटीमाथि ब्राजिलको शानदार जित, म्याथेस कुन्हाको दुई गोल

अर्थ संसार

शनिबार, ०६ असार २०८३, ०८ : ५६ मा प्रकाशित

हैटीमाथि ब्राजिलको शानदार जित, म्याथेस कुन्हाको दुई गोल

फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ । भर्खरै सकिएको खेलमा हैटीलाई ३–० गोलले हराएको हो । 

ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गरेको थियो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे ।

तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हैटीलाई हराएसँगै समूह ‘सी’को शीर्ष स्थानमा पुगेको ब्राजिलको दुई खेलमा ४ अंक भएको छ । आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको