Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरले २१ करोड ३० लाख बराबरको साधारण सेयर जारी गर्ने

बुधबार, १७ जेठ २०७४, १४ : ३२ मा प्रकाशित

हिमालयन पावर पार्टनरले २१ करोड ३० लाख बराबरको साधारण सेयर जारी गर्ने

अर्थ संसार, 
काठमाडौँ - रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान र वित्तिय अवस्था औसतभन्दा कमजोर रहेको हिमालयन पावर पार्टनरले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरलाई धितोपत्र बोर्डले अनुमती दिएको छ ।

कम्पनीले लमजुङबासीका लागि १० लाख ६५ हजार कित्ता सेयर जारी गरिसकेको छ ।स्थानीयलाई सेयर जारी गरेको  कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि रु २१ करोड ३० लाख बराबरको सेयर जारी गर्ने तयारी गरेको  छ । कम्पनीको चुक्ता पुँजी रु १ अर्ब ६ करोड पुग्नेछ ।

लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्ने तयारीमा रहेको हिमाल पावरले सेयर निष्कासनबाट संकलित रकम यसमा लगानी गर्ने उदेश्य लिएको छ । कुल रु ४ अर्ब २३ करोड लागत रहने यो आयोजना ७५ प्रतिशत कर्जा लगानी र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

यो आयोजनामा हाल २० प्रतिशत पुँजी खर्च हुँदा लगभग २५ प्रतिशतको काम सम्पन्न भइसकेको छ । बैंकहरुसँग कर्जाको लागि कम्पनीले फाइनान्सियल क्लोजर गरी सकेको छ । 

कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ । उदीपुर हबको २ सय २० केभीए प्रशारण लाइन निर्माणमा ढिलाइ भइरहेकोले कम्पनीले विद्युत् जडानको लागि विकल्पको रुपमा १ सय ३२ केभिए सिंगल सर्किट लाइन प्रयोग गर्ने योजना बनाएको छ । 

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ समूह र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी गरेको छ । 

सेयर जारी भएपछि संस्थापक समूहको हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको