Like us!
Follow us!
Connect us!
Watch us!

मेराे सेयरकाे नयाँ फिचरमा Edis कसरी गर्ने ?

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, ०८ : ०३ मा प्रकाशित

मेराे सेयरकाे नयाँ फिचरमा Edis कसरी गर्ने ?

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो सेयरमा नयाँ फिचर थपेकाे छ । नयाँ आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरिएकाे छ ।

मेराे सेयरमा नयाँ फिचर थपिएसंगै Edis Transfer गर्ने तरिका पनि परिवर्तन भएको छ । अब लगानीकर्ताहरुले सेयरकाे स्वामित्व हस्तानान्तरणा अर्थात Edis गर्दा My edis मा जानुभन्दा पहिला my purchase source मा गएपछी my holding भन्ने बिकल्प अप्सन आउँछ अनि त्यहाँभित्र गएपछी holding days Update गराएपछी मात्र my edis को ट्रान्सफर सेयर मा देखाउछ। त्यही अनुसार गर्न सकिने छ ।

सीडीएससीले ‘मेरो सेयर’ मा "My Holding" भन्ने नयाँ फिचर थपेकाे हाे । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My Holdings भन्ने अप्सन थपिएकाे हाे ।

My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ  ।

आजदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ ।

यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको