Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली पूँजी बजार " बाँसको हलो हुदैन, पापीको भलो हुदैन "

विहीबार, १८ जेठ २०७४, ०९ : ५६ मा प्रकाशित

नेपाली पूँजी बजार " बाँसको हलो हुदैन, पापीको भलो हुदैन "

पूँजी बजारमा म के गर्दैछु भन्ने थाहा भएन भने हो, त्यहीँ वाट जोखिम सुरु हुन्छ । नयाँ तथा कम अनुभवि लगानिकर्ताले आफ्नो आवश्यक्ता ठम्याउन नसक्दा किन सेयर किन्न गइरहेको छु भन्ने थाहा नहुँदा उनिहरु जोख्खिम मोलिनै रहेका हुन्छन ।

तर पनि सेयरमा पैसा कमाउने धेरै तरिका हरु छन । सेयरमा पैसा कमाउन सर्वप्रथम राम्रो कंम्पनी छनोट गर्नु पर्छ । कंम्पनी छान्ने आधार हरु थुप्रै हुन सक्छन । जस्तो की विगतका तिन वर्ष त्यो कम्पनीले के के गरेछ भनेर पनि हेर्न सकिन्छ । पूँजी पर्याप्तता , रिजर्भ कोष , वोनसको रेसियो , संचालक , नियामक निकाय संगको सामिप्यता , खराव कर्जाको अनुपात , संस्थागर सुशासन आदि आदि लाई केलायर हेर्नु पर्ने हुन्छ ।

यति हेरि सकेपछि सेयर किन्ने तर कस्तो ? अर्थात कुन क्षेत्रको ? कति मूल्य सम्मको ? कस्तो वित्तिय अवस्था भएको ? सरकारी लगानी भएको की नभएको ? कस्तो प्रतिफल वाडेको ? अल्पकालिन की दिर्धकालिन लगानी ? कुन समुहको ? र, केका लागी किन्ने भन्ने वारे स्पष्ट हुन जरुरी हुन्छ ।

यति हुदा हुदै पनि मानै तपाईले सवै कुरालाई विचार गरेर सेयर किन्दा किन्दै पनि वजारमा एक थरि पापी "साखुल्ले" हरु कस्ता हुन्छन भने जुन कम्पनीले विगत वाट केही दिएकै हुदैन सोही कम्पनीको मूल्य यति पुग्छ र उति पुग्छ भनि रहेका हुन्छन ।

जसरी "बाँसको हलो हुदैन त्यसरी नै ति पापी हरुको पनि भलो हुदैन " किन भने कति नयाँ तथा अव्यवसायिक लगानीकर्ताले कमजोर कम्पनी ले १००% राईट दिन्छ ५०% वोनस दिन्छ भनेको हल्लाको भरमा महगो मूल्यमा सेयर किनेका हुन्छन तिनिहरुले फलानो कस्तो पापी रैछ हुदै नहुने कुरा वजारमा फैलायो अनि सेयर किनियो हामि फसिउ भनेर धारे हात लगाउछन र अन्नत्वगत्वा त्यस्ता मानिसको भलो पनि हुदैन ।

हो , कति लगानिकर्ताले म संग पनि सोध खोज गर्नु हुन्छ । म के भन्छु भने जुन कम्पनीले विगतको वर्षको वोनस सेयर , राईट सेयर दिन वाँकी छ ! अव त्यो कम्पनीले केही दिन भित्रमा नै वुकक्लोजको नोटिस निकाल्दै छ ! वजार घटेर तल आई पुगेको छ ! कम्पनी आफैमा वलियो छ ! यि कम्पनीको मूल्य आफुलाई धेरै जस्तो लागे पनि आजै खरिद गरिहाल्नु पर्छ ।

किनकी आजको ठिक एक महिना भित्रमा उक्त कम्पनीको सेयरको भाउ वढेर छुनै नसकिने हुनेछ । ति कम्पनी खोजिखोजि आफुले सक्ने जति खरिद गर्दा अहिलेको भाउ ठिक छ भन्ने मेरो ठम्याई छ । मैले विगतमा भन्दै आइरहेको के हो भने यो सेयर खरिद गर्ने समय हो । राम्रो कम्पनी खोजेर अहिले सेयर खरिद गर्नेले गुमाउने सम्भावना २५% जति हुन्छ भने कमाउने सम्भावना ७५% हुन्छ ।

त्यसैले उपत्यका भन्दा वाहिर रहनु भएका नयाँ लगानीकर्तालाई यो आव्हान गर्न चाहन्छु की तपाईको सहरमा पनि २०७४ वैशाष वाट सेयर व्रोकरका शाखा संन्जाल हरु आइ पुगेका छन ति शाखामा सम्पर्क गरेर थोरै थोरै गरि आजै वाट सेयर किन्ने वानि वसालौ यसै वाट हाम्रो भविश्य उज्ज्वल छ । जवर जस्त वचत गर्ने सर्व सुलभ उपाय भनेको राम्रो कम्पनीको सेयर खरिद नै हो यस्मा दुई मत हुनै सक्दैन ।

यो पनि पढ्नुहोस्

धमाधम आईपिओ आउँदै, पैसा जम्मा गरेर राख्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको