Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोले ३५ लाख कित्ता आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १४ : २६ मा प्रकाशित

मोलुङ्ग हाइड्रोले ३५ लाख कित्ता आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणस सेयर (आईपीओ)  निश्कासन गर्नका लागि नियामक निकाय नेपाल धितापत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले साउन १ गते आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो । जारी कित्तामध्य कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ भने बाँकी २७ लाख २८ हजार ५०० कित्ता सर्वसाधारण, कम्पनीका कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि निष्कासन गरिनेछ।

आईपीओ निश्कासनको लागि मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड ले सनराईज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको हो ।

२०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात सेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६ प्रतिशत अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४ प्रतिशत अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गरिनेछ । 

60fa812d9112a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको