Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात चल्ने

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १५ : १३ मा प्रकाशित

भोलि देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात चल्ने

भोलि शनिबार देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । 

गृहमन्त्रालयको निर्देशनपछि आज शुक्रबार एक आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले मध्यम र लामो दूरीका यातायातका साधनहरू चल्न दिने निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमण  नियन्त्रण  तथा  व्यवस्थापनसम्बन्धी  आवश्यक  मापदण्डको  पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न र अनिबार्य रुपमा लामो दूरीमा यात्रा गर्नेलाई टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न प्रशासनले भनेको छ ।

60fa8c3b05753.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको