Like us!
Follow us!
Connect us!
Watch us!

असार ५ गतेदेखि एनबी इन्सुरेन्सको हकप्रद बजारमा

विहीबार, १८ जेठ २०७४, ११ : ३१ मा प्रकाशित

असार ५ गतेदेखि एनबी इन्सुरेन्सको हकप्रद बजारमा

अर्थ संसार, 
काठमाडौं–  असार ५ गतेदेखि  एनबी इन्सुरेन्स कम्पनी लिमिटेडको हकप्रद निष्काशन हुने भएको छ ।  आफ्ना लगानीकर्ताका लागि एनबी इन्सुरेन्सको २७ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 प्रति सेयर १ सय रुपैयाँका दरले १ः१ कै अनुापातमा हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । उक्त हकप्रद सेयरमा जेठ ३ गतेसम्म सेयर सुरक्षित गरेका लगानीकर्ताहरुले मात्रै आवेदन दिन सक्ने छन् । हकप्रद शेयरमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल र एनबी इन्सुरेन्सका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको