Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा जोखिम, कहिले ह्वात्तै बढ्ने कहिले ह्वात्तै घट्ने

विहीबार, १८ जेठ २०७४, १५ : २३ मा प्रकाशित

सेयर बजारमा जोखिम, कहिले ह्वात्तै बढ्ने कहिले ह्वात्तै घट्ने

अर्थ संसार,
काठमाडौं । सेयर बजारमा जोखिम बढेको छ । कहिले दोहोरो अंकले बढने त कहिले दोहोरो अंकले बजार घट्ने क्रमले बजारमा जोखिम बढेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार बिहीबार नेप्सेमा केही उतारचढाव देखियो । बुधबार  दोहोरो अंकले  बढ्दा बिहीबार ३.८ अ अंकले घढ्दा लगानीमा जोखिम बढेको सेयर विश्लेषकहरुको भनाइ छ ।

एकै पटक ह्वात्तै बढ्ने र एकै पटक ह्वात्तै घट्ने प्रवृत्तिले बजारमा जोखिम बढाउँछ, त्यसमा लगानीकर्ताको मनोबल भन्दा पनि केही सिमित मान्छेको स्वार्थले काम गरेको हुन सक्छ ।

बिहीबार १४७ कम्पनीको ११ लाख ९२ हजार ९ सय ५८ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ९१ लाख रुपैंयाँको कारोबार भएको छ । 

उपसूचकहरुमा उत्पादन क्षेत्र १९.७५ अंक, होटल २५.३२ अंक, विकास बैंक ९.९५ अंक, फाइनान्स ३.८ अंक, इन्स्योरेन्स १०.४९ अंक र अन्य ८.९६ अंकले घटेको छ ।

 साताको अन्तिम दिन आज युनाइटेड मोदी हाइड्रो कम्पनीका लगानी गर्ने लगानीकर्ताले ९ प्रतिशत कमाएको छन् ।  श्री इन्भेष्टमेन्ट फाइनान्स, पूर्णीमा विकास बैंक आदि कम्पनीमा लगानीगर्ने लगानीकर्ताले गुमाएका छन् ।  

 बजारमा आउने उतार चढावलाई राम्रोसँग हेरेर मात्रै लगानी गर्न नेप्सेले आग्रह गरेको छ । लगातार बढ्ने र घट्ने प्रवृत्तिका कारण लगानीकर्ता बजारमा आर्कषित हुन सक्दैनन् त्यसकारण बजारको डेफ्थलाई हेरेर मात्र लगानी गर्न विश्लेषकहरुले सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली पूँजी बजार " बाँसको हलो हुदैन, पापीको भलो हुदैन " 

धमाधम आईपिओ आउँदै, पैसा जम्मा गरेर राख्नुहोस् 

जलविद्युत् आयोजनाको वाधक वन मन्त्रालय ,वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान प्रमुख समस्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको