Like us!
Follow us!
Connect us!
Watch us!

नेक र स्थानीय सडक पुल इकाईबीच सम्झाैता

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १३ : १० मा प्रकाशित

नेक र स्थानीय सडक पुल इकाईबीच सम्झाैता

नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल इकाईबीच सम्झाैता भएकाे छ ।

नेपालमा १० हजार भन्दा बढी इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफा मुलक संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढी पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाईबीच आज पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा स्थानीय सडक पुल इकाईका इन्जिनियर चुमन बाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा. तुसिता चाँदनी शाहीको पनि उपस्थिति थियो ।

उक्त समझदारी लागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइनेछ । साथै, विद्यार्थीहरूले सोही विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधानहरू छन् ।

डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात् पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको