Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको नोक्सानी घट्यो, अन्य सूचक कस्ता ?

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, १० : ०७ मा प्रकाशित

घोराही सिमेन्टको नोक्सानी घट्यो, अन्य सूचक कस्ता ?

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको खुद नोक्सानी अझै पनि १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको कम्पनी ५५ करोड ४३ लाख रुपैयाँले नोक्सानीको रहेको थियो । 

यो अवधिमा कम्पनीले ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष यस्तो मुनाफा मात्र १ करोड ७३ लाख रुपैयाँ थियो । कम्पनीले प्रशासनिक र बिक्री वितरण खर्चलाई गत आर्थिक वर्षको १९ करोड ७९ लाख रुपैयाँबाट घटाएर १३ करोड ८४ लाख रुपैयाँमा झारेको छ, जसले गर्दा सञ्चालन मुनाफामा सुधार देखिएको हो ।

कम्पनीको खुद नाफालाई अझै पनि ४९ करोड १८ लाख रुपैयाँको वित्तीय खर्चले दबाबमा राखेको देखिन्छ । यद्यपि, ब्याज खर्च गत आर्थिक वर्षको (६८ करोड ८७ लाख) तुलनामा घटेको छ । यो अवधिमा कम्पनीको इपिएस ४.२१ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७ पैसा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको