Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ०८ : ०० मा प्रकाशित

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आज वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २८ गते कार्यालय समयभित्र तोकिएको छ । यसअघि सम्बन्धित कम्पनीले विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेकोले यसमा सर्वसाधारण लगायत सबैले बोलपत्र पेश गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ। साथै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयका साथै यसका विभिन्न शाखा कार्यालयहरु—विराटनगर–३ (मोरङ), आदर्शनगर (वीरगञ्ज), महेन्द्रपुल (पोखरा), श्रवणपथ (बुटवल), हस्पिटल लाइन (धनगढी) र वीरेन्द्रनगर (सुर्खेत) बाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको