Like us!
Follow us!
Connect us!
Watch us!
धितोपत्र बोर्डले ल्यायो एक लगानीकर्ता एक हितग्राही खाताको अवधारणा

तपाईसँग एक भन्दा बढी डिम्याट खाता छ ? तत्काल बन्द गर्नुहोस्, नत्र समस्यामा पर्नुहोला

शुक्रबार, १९ जेठ २०७४, १३ : ३९ मा प्रकाशित

तपाईसँग एक भन्दा बढी डिम्याट खाता छ ? तत्काल बन्द गर्नुहोस्, नत्र समस्यामा पर्नुहोला

अर्थ संसार, काठमाडौँ– तपाईसँग सेयर कारोबारका लागि कति वटा डिम्याट खाता खोल्नु भएको छ ? एउटा छ भने ठिकै छ । तर एक भन्दा बढी डिम्याट खाता छ भने तपाईलाई समस्या पर्न सक्छ ।

नेपाल धितोपत्र बोर्डले एक लगानीकर्ता एक हितग्राही खाताको अवधारणा माथि गृहकार्य सुरु गरेको छ । आस्बा प्रणालीलाई आगामी साउन १ देखि अनिवार्य गरिएपछि लगानीकर्ताको वास्तविक तथ्यांक बनाउनका लागि एक मात्र डिम्याट खाताको अवधारणा अगाडि सारेको हो ।

बोर्डले एक भन्दा बढी डिम्याट खाताको प्रयोगलाई निरुत्साहित गर्ने र धेरै खाता भएकालाई एउटा मात्र आधिकारिक खाता चलाउने सम्बन्धमा लगानीकर्ता एवम् सरोकार भएका निकायसँग छलफल सुरु गरेको छ ।

लगानीकर्ताहरुले बोरामा फारम भरेर आईपीओ अनि एफपीओ आवेदन गर्ने क्रम आस्बाको अनिवार्यतासँगै केही निरुत्साहित हुने देखिएको छ ।

एक लगानीकर्ताले एक भन्दा बढी डिम्याट खाता सञ्चालन गर्दा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै यसलाई व्यवस्थित गर्न धितोपत्र बोर्डले सरोकारवालासँग छलफल अघि बढाएको हो ।

बोर्डका अनुसार अहिले नै एक मात्र डिम्याट खातालाई अनिवार्य गरी अरु संस्थाको डिम्याट खाता बन्द गर्न लगाउने निर्णय भैसकेको छैन । एक भन्दा बढी डिम्याट खाताका कारण उत्पन्न हुन सक्ने समस्या र सोको न्युनिकरणका लागि मात्र छलफल तिब्र पारिएको हो ।

 आस्बालाई चुस्त बनाउनका लागि पनि एक भन्दा बढी डिम्याट खाताको प्रयोगको विषय उठान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डले पूँजी बजार व्यवस्थित बनाउनका लागि डिम्याट खाताको प्रयोगलाई चुस्त बनाउन लागेको हो ।

एक लगानीकर्तालाई एक मात्र डिम्याट खाता सञ्चालन अनुमति दिँदा निक्षेप सदस्यबाट पाउने विभिन्न सेवाबाट बञ्चित हुन सक्ने भएकाले अरु विकल्पमा पनि छलफल चलिरहेको छ ।

एक मात्र डिम्याट खाता भएपछि  सेयर आवेदन, बोनस तथा हकप्रद, नगद लाभांस बितरणमा पनि बेग्ला बेग्लै विबरण नआउने भएकाले व्यवस्थित गर्न लागिएको हो ।
दोहोरो सेयर आवेदनको सम्भावना पनि पुर्ण रुपमा हट्ने अपेक्षा सहित अघि सारिएको छलफलबाट निकट भविष्यमा नै कुनै न कुनै निर्णय धितोपत्र बोर्डले सार्वजनिक गर्नेछ ।

आर्थिक सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ६० पुगेको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा मात्रै ३ लाख ५४ हजार ३ सय १ जनाले त्यस्तो खाता खोलेका छन् । बोर्डले ०७२ साल माघदेखि हितग्राही खाताको व्यवस्था गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको