Like us!
Follow us!
Connect us!
Watch us!
१० अंकले घटेको सेयर बजारमा ५५ करोडको कारोबार

किन निरन्तर घटिरहेको छ सेयर बजार ?

आइतबार, २१ जेठ २०७४, १५ : ५८ मा प्रकाशित

किन निरन्तर घटिरहेको छ सेयर बजार ?

अर्थ संसार
काठमाडौं–  विगत केही दिनअघिदेखि सेयर बजार निरन्तर घटिरहेको छ । लगानीकर्ताहरु दोस्रो सेयर बजारमा लागनी गर्न डराई रहेका छन् ।

देशको पछिल्लो राजनीतिक अस्थिरताको कारण र बैंकको व्यजदर बढेका कारण सेयर बजार पनि जोखिमपूर्ण बन्दै गएको सेयर विज्ञहरु बताउँछन् ।

त्यस भए अब सेयर बजारले कहिले उकालो बाटो समात्छ त ? अहिलेको आम लगानीकर्ताको मनमा उव्जिएको प्रश्न हो यो ।

जवसम्म बैंकका व्याजदर र राजनीतिक स्थिर हुँदैन तवसम्म् सेयर बजार जोखिमपूण हुने विज्ञहरु बताउँछन् । सधै जसो साताको पहिलो दिन  आज नेपाल स्टक एक्चेन्ज (नेप्से) १०.५ अंकले घटेको छ ।

जम्मा १ सय ४१ वटा कम्पनीको ९ लाख ५० हजार ४ सय ७३ सेयर कित्ता किनवेच हुँदा ५५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ  । यस दिन नेप्सेमा अन्य समूह बाहेक अरु  सवै उपसमूहरुमा पहिरो गएको छ ।

यस दिन नेप्से ०.८६ अंकले बढेको छ । यता बैंक ९.१९ अंक, होटल १५.५५ अंक, विकास बैंक ७.६९ अंक, हाइड्रोपावर ३०.६९ अंक, फाइनान्स १.०९ अंक, इन्स्योरेन्स ९५.०६ अंक र उत्पादन १३.१ अंकले घटेको छ । घटेको बजारमा कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

5933debd992f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको