अर्थ संसार,
काठमाडौं । आफ्नो कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई धमाधम हकप्रद सेयर दिन थालेका छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)का अनुसार अहिलेसम्म ६७ वटा कम्पनीले आफ्ना लगानीकर्तालाई हकप्रद ( राइट सेयर) सेयर दिएका छन् ।
यो आर्थिक वर्ष २०६३/२०६४ हो । २०७३ सालभित्र ४८ वटा कम्पनीले हकप्रद निष्काशन गरे पनि २०७४ साल लागेपछि अहिलेसम्म १९ वटा कम्पनीले हकप्रद सेयर निष्काशन गरेका छन् ।
निष्काशन भएको हकप्रद सेयर मध्ये सवैको बन्द भएपनि कामना विकास बैंक र युनाइटेड फाइनान्स लिमिटेडको हकप्रद सेयर आवेदन खुल्ला रहेको छ । बाँकी भएको अन्य कम्पनीको हकप्रद सेयर पाइपलाइनमा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस