Like us!
Follow us!
Connect us!
Watch us!

एकबर्षमा २ अर्ब १६ करोडको राउटर आयात

पत्रपत्रिका

आइतबार, ०६ भदौ २०७८, ०८ : ११ मा प्रकाशित

एकबर्षमा २ अर्ब १६ करोडको राउटर आयात

भन्सार विभागबाट प्रकाशित तथ्यांकअनुुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा करीब २ अर्ब १६ करोड बराबरको राउटर आयात भएको छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै हालैका वर्षहरूमा नेपालमा राउटरको माग पनि बढ्दो छ । नेपालमा आयात हुने राउटरमा चीनको अंश करीब ९७ प्रतिशत रहेको छ भने ताइवान, चीन, लात्भिया, मेक्सिको र थाइल्यान्डलगायत विश्वका करीब २१ ओटा देशबाट नेपालमा राउटर आयात भएको देखिन्छ ।

राउटरको आयातसँगै यसबापत प्राप्त हुने भन्सार राजस्व पनि उल्लेख्य रहेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा सरकारले यसबाट करीब रू। ४० करोड बराबरको राजस्व संकलन गरेको छ । नेपालमा इन्टरनेट सेवा सर्वसुलभ हुँदै गएको तथा इन्टरनेट सेवा अपरिहार्य भइरहेको सन्दर्भमा भविष्यमा राउटरको माग अझ बढ्ने देखिएको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको