Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीहरुमा मञ्जुश्री अब्बल, समृद्धि कमजोरः कसको के अवस्था ?

अर्थ संसार

सोमबार, ०७ भदौ २०७८, १३ : २७ मा प्रकाशित

फाइनान्स कम्पनीहरुमा मञ्जुश्री अब्बल, समृद्धि कमजोरः कसको के अवस्था ?

नेपालका अधिकांश पब्लिक कम्पनीहरुले अघिल्लो आर्थिक बर्षको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको मुनाफामा बृद्धि भएको छ । 

कोभिडका कारण देशको समग्र अर्थतन्त्र ओरालो लागेको अवस्थामा पनि अधिकांश वित्तीय संस्थाहरुको मुनाफामा भने बृद्धि आएको हो । गत आर्थिक बर्षको प्रकाशित वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित फाइनान्स कम्पनीहरुको आम्दानीमा पनि बृद्धि भएको छ । 

समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ४३ प्रतिशतले बृद्धि भएको देखिन्छ । तुलनात्मक रुपमा फाइनान्स कम्पनीहरुको पनि ब्याज आम्दानी भन्दा अन्य आम्दानीमा बृद्धि आउँदा समग्रमा मुनाफा बृद्धि भएको देखिन्छ ।

नेपालको सेयर बजारमा आएको उछालका कारण फाइनान्स कम्पनीहरुले सेयरमा गरेको लगानीबाट मनग्य नाफा कमाएका छन् ।  जुन कुरालाई फाइनान्सहरुले प्रकाशन गरेको विवरणले  पुष्टि गर्छ । 
 
गत आर्थिक बर्षको अन्तिमसम्ममा सबैभन्दा बढी खुद मुनाफा कमाउने फाइनान्स कम्पनी बनेको छ मञ्जुश्री फाइनान्स । गत बर्षको अन्तिमसम्ममा फाइनान्सले ५६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको देखिन्छ । भने सबैभन्दा कम आम्दानी समृद्धि फाइनान्स कम्पनीले गरेको छ । कम्पनीले गत बर्षको अन्तिमसम्ममा कम्पनीले ४५ लाख १ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । 

मञ्जुश्री फाइनान्स खुद मुनाफासंगै वितरणयोग्य मुनाफामा पनि अब्बल देखिएको छ । गत आर्थिक बर्षको मुनाफाबाट फाइनान्सको विरणयोग्य मुनाफा ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको छ । त्यसैगरी वितरणयोग्य मूनाफामा पनि समृद्धि फाइनान्स कमजोर देखिएको छ । गत बर्षको विवरणअनुसार कम्पनीको वितरणयोग्य मुनाफा २८ लाख ९५ हजार रुपैयाँमा सीमित देखिन्छ । 

खुद मुनाफा र वितरणयोग्य आम्दानीसँगै प्रतिसेयर आम्दानीमा पनि मञ्जुश्री फाइनान्स नै अब्बल देखिएको छ । गत आर्थिक बर्षको अन्तिमसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको छ ।  त्यस्तै खुद मुनाफा र वितरणयोग्य आम्दानीसँगै प्रतिसेयर आम्दानीमा पनि समृद्धि फाइनान्स कमजोर देखिएको छ । समिक्षा अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी ८२ पैसामा सीमित छ । 

गत आर्थिक बर्षको वित्तीय विवरणअनुसार कुन फाइनान्स कम्पनीको दुख मुनाफा, प्रतिसेयर आम्दानी र वितरणयोग्य मुनाफा कति ?

 

6123594ac8632.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको