Like us!
Follow us!
Connect us!
Watch us!
एकैदिन तीन कम्पनीको सेयर सूचिकृत

धमाधम नेप्सेमा सेयर सूचिकृत

मंगलबार, २३ जेठ २०७४, १२ : ४३ मा प्रकाशित

धमाधम नेप्सेमा सेयर सूचिकृत

अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) मा धमाधम विभिन्न कम्पनीको सेयर सूचिकृत हुन थालेको छ ।

आज (मंगलबार) नेप्समा एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको सेयर सूचिकृत भएको छ । सूचिकृत भएको कम्पनीहरुको कति कति कित्ता सेयर सूचिकृत भयो तल यस प्रकारको छ ।

रिलायन्स फाइनान्स लिमिटेड

आज नेपाल स्टट एक्चेन्ज (नेप्से)मा रिलायन्स फाइनान्स लिमिटेडको ६ लाख ६८ हजार ५ सय ७१ दशमलव ४८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकको १ करोड ५ लाख २६ हजार ८ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १ लाख १५ हजार कित्ता बोनस शेयर र ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । कम्पनीको बोनस र हकप्रद शेयर गरेर ६ लाख ६७ हजार कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाउको छ ।  

यो पनि पढ्नुहोस्

देउवाका प्रमुख सारथी : अर्थमन्त्रीमा महेश आचार्य, गृहमा जनार्दन शर्मा 

अहिलेसम्म कुन-कुन कम्पनीले कति हकप्रद सेयर दिए ? हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको