अर्थ संसार, काठमाडौं - लगानीकर्ताको नजर दोस्रो सेयर बजार भन्दा आइपिओ र एफपिओ तर्फ आकर्षित भैरहेको बेला बुटवल पावर कम्पनीले एफपिओ निकाल्ने भएको छ ।
कम्पनीको जेठ २१ मा बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता ५१८ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४१८ रुपैयाँ थप गरी ५१८ रुपैयाँका दरले एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
यसअघि १०० रुपैयाँ अंकित मूल्यमा ३७० रुपैयाँ प्रिमियम जोडेर ४७० रुपैयाँमा एफपीओ ल्याउने तयारी गरेको थियो । यो प्रस्ताव कार्यान्वयन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस