Like us!
Follow us!
Connect us!
Watch us!

कृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा देखियाे रौनकता (फोटोफिचर)

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १३ : ०५ मा प्रकाशित

कृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा देखियाे रौनकता (फोटोफिचर)

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज बिहानैदेखि देशभरको कृष्ण मन्दिरहरूमा दर्शनार्थीहरुको चहलपहल देखिएको छ । काेराेना भाइरसकाे कारण यस वर्ष विगतका वर्षहरूकाे जस्ताे भीडभाड गरिएकाे छैन । स्वास्थ्य सुरक्षाका मापदण्डहरूकाे पालना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक कृष्ण जन्माष्टमी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ।​

तस्विरमा हेर्नुहाेस् कृष्ण जन्माष्टमीकाे राैनकता :

612c87f8782c5.jpg 612c881480165.jpg 612c88191b706.jpg 612c882298e96.jpg 612c882e738ba.jpg 612c8837c7896.jpg 612c883c34694.jpg 612c88434b67f.jpg 612c884ab447d.jpg 612c884f80134.jpg 612c885958ceb.jpg 612c885eed772.jpg 612c886779181.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको