Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको निर्वाचन २२ वैशाखमा हुने

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, २१ : ०१ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको निर्वाचन २२ वैशाखमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २२ वैशाखमा हुने भएको छ । ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २१ वैशाखमा उद्घाटन समारोह हुने र २२ वैशाखमा निर्वाचन हुने भएको छ । उद्घाटन समारोह होटल रोयल टुलिप, ग्वार्को ललितपुरमा हुने छ भने निर्वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने महासंघले जनाएको छ ।

यसअघि चैत्र २९ र ३० गते आयोजना गर्ने गरि तय भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन स्थगित भए सँग महासंघले नयाँ समय ताकेको हो । वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने नियम अनुरुप अबको महासंघ अध्यक्ष अन्जन श्रेष्ठ बन्ने छन् भने बाँकी पदहरुमा प्रतिस्पर्धा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको