Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, २० : २७ मा प्रकाशित

लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा

लगानीकर्ताहरुले पुँजी बजारका सम्बन्धमा बालेन सरकारको धारणा माग गरेका छन् । सेयर बजारमा सक्रिय लगानीकर्ताका ३ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन साह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका हुन् । 

नेपाल सेयर बजार लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विषयमा नयाँ सरकारको धारणा माग गरेका हुन् । बालेन नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाट पारित भएका सरकारका १०० कार्यसूचीमा धितोपत्र बजार प्राथमिकतामा नपरेको उल्लेख गर्दै त्यही सशंयका कारण बजारमा लगातार पहिरो जान थालेपछि सरकारको आधिकारिक धारणा माग गरिएको विज्ञप्तिमा भनिएको छ ।

लगानीकर्ता संगठनले ८ बुँदे माग प्रस्तुत गर्दै धितोपत्र बोर्डमा हुने आर्थिक चलखेल र बजारलाई धाराशायी पार्ने गतिविधिमाथि नयाँ सरकार बनेलगत्तै हस्तक्षेप हुन्छ भन्ने आशा गरे पनि त्यो काम नभएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको