Like us!
Follow us!
Connect us!
Watch us!

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १६ : ४६ मा प्रकाशित

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' निर्विरोध चयन भएका छन्। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गर्ने निर्णय गरेको हो। सुरुमा सुहाङ नेम्वाङले पनि दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका थिए, तर अन्तिम समयमा उनले दाबी फिर्ता लिएपछि बादलका लागि बाटो खुला भएको हो ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका बादलले अब प्रतिनिधि सभामा एमालेको नेतृत्व गर्नेछन्। हालैको निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिट जितेर एमाले प्रतिनिधि सभाको तेस्रो ठूलो दल बनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको