नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गर्दै सेवा नयाँ बानेश्वर शाखाबाट मात्र सञ्चालन गर्ने भएको हो ।
बैंकले आइतबार सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट हुने सम्पूर्ण बैंकिङ सेवा बन्द हुने र ती शाखाका सबै सेवा नयाँ बानेश्वर शाखामा सारिने जानकारी दिएको छ ।
यससँगै ती शाखामा रहेका ग्राहकका खाता तथा लकर सेवा पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस