Like us!
Follow us!
Connect us!
Watch us!

सम्पति शुद्धिकरणको हाउँगुजीले सेयर बजार घटेको हो,डराउनु पर्ने अवस्था छैन - अध्यक्ष ढकाल

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १६ : १८ मा प्रकाशित

सम्पति शुद्धिकरणको हाउँगुजीले सेयर बजार घटेको हो,डराउनु पर्ने अवस्था छैन - अध्यक्ष ढकाल

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसिराम ढकालले कोमामा रहेको पुँजी बजार नयाँ सरकार बने पछि हौसिएको र अहिले सम्पत्ति शुद्धिकरणको हाउँगुजीले सेयर बजार घटेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा अध्यक्ष ढकालले चुनाव लगतै बजार बढेको र नयाँ सरकार बने पछि सम्पत्ति शुद्धिकरणको त्रासले गर्दा बजार घटेको बताएका हुन् । 

‘सेयर बजार २०७८ साल भदौ ८ गतेदेखि कोमामा रहेको र चुनाव पछि बजारमा उत्साह देखिएको भए पनि अहिले सम्पत्ति शुद्धिकरणको त्रासले बजार घट्यो,’ उनले भने । सेयर बजारका लगानीकर्ताहरु सम्पति शुद्धिकरणे गर्दा डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । सेयर बजारमा आउने पैसा बैंकिङ प्रणालीबाट आउने भएकाले डराउन नपर्ने उनी बताउँछन् । सरकारले गर्नु पर्ने कामहरु प्रष्ट रुपमा आउनु पर्ने उनी बताउँछन् । 

पहिले नीतिगत कारणले गर्दा बजार थला परेको अवस्थामा जेनजी आन्दोलन पछि फेरि बजारबाट पुँजी नै पलायन भइसकेको पनि उनले बताए । ‘निर्वाचन पछि करिब दुई तिहाइको सरकार बन्ने अवस्था बन्यो । त्यसले बजार बढ्यो । अब अहिले यो हप्ता नै घटीरहेको छ । यो किन भयो भने पुराना नेताहरुलाई पक्राउ पनि गरियो । त्यो जायज हो कि होइन पनि त्यो हाम्रो विषय पनि होइन । तर, अहिले जुन रुपमा सम्पत्ति शुद्धिकरणको विषयले अलि बढी त्रसित भएको अवस्था छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको