Like us!
Follow us!
Connect us!
Watch us!

हराएकाे ३३ बर्षपछि भारतमा भेटिए लाेकुन डगाैरा, प्रहरीले उद्धारगरी परिवारलाई बुझायो

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १२ : ४५ मा प्रकाशित

हराएकाे ३३ बर्षपछि भारतमा भेटिए लाेकुन डगाैरा, प्रहरीले उद्धारगरी परिवारलाई बुझायो

कैलाली जिल्ला जानकी गाउपालिका वडा नं. ७ टिकलीगढ घर भएका ६२ बर्षका लोकेन्द्र भनिने लोकुन डगौरा थारुकाे ३३ बर्ष पछि परिवारसंग भेट भएकाे छ ।   

कामको सिलसिलामा भारतको सिम्ला गएदेखि वेपत्ता अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए पछि २०७८ साल भाद्र ९ गते प्रहरी परिसर टेकु काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले गृह मन्त्रालयबाट निज भारतको विहारमा फेला परेको र निजले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको भन्ने बुझिएकोले तत्काल भारतीय पक्षसंग समन्वय गरी उद्दार गर्न जानकारी गराए बमोजिम कैलाली जिल्लाका जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले निजलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत डगौरा थारुसंग सम्पर्क स्थापित गरेका थिए ।

अहिलेकाे अवस्थामा लोकन डगौरा थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेता पनि उनिसंग भिडियो CHAT मा कुराकानी गर्दा उनले आफ्नो घर टिकापुरको मुनुवा आसपास हो भन्ने बताएपछि उनको फोटो सहित उक्त गाऊँघरमा घर तथा आफन्तजन पत्ता लगाउन ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको थियो ।

जिप्रका कैलालीले उनकाे घर ठेगाना र आफन्तको एकिन गरेपछि भारतीय प्रहरी र संदिप यादवको सहयोगमा निजलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा हस्तान्तरण गरिएको थियो र जि.प्र.का. पर्सामा उनका छोरा तथा प्रहरीलाई पठाई उनलाइ कैलालीमा ल्याई उनका छोरा राम बहादुर डगौरालाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गरिएको जिप्रका कैलालीले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको