अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको अन्तरक्रियामा उनले विलासी गाडीमा मात्रै कर बढेको बताएका हुन् ।
उनले केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको दाबी गरे । ‘अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो । यो सबैले स्वीकार गर्नुपर्छ । प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो । ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो,’ उनले भने ।
उनले व्यवसायीहरू किलोवाटका आधारमा गाडी भित्र्याउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए । उनले किलोवाटको सट्टा मूल्यका आधारमा लगाइएको करले अटो व्यवसायीलाई समेत राहत महसुस भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस