आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मात्रै बढेको छ । आज दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.७८ अंकले घटेर ४७०.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ ।
परिसूचक घटेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर ६३ हजार ७१९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस