‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति भारतले प्रतिक्रिया दिएको छ । नेपालका प्रधानमन्त्री र विदेश मन्त्रालयको बयानलाई आफूहरूले हेरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बताएका छन् ।
प्रवक्ताको नियमित प्रेस ब्रिफिङमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा सोधिएको थियो । गण्डक नदीको बहावमा आएको परिवर्तनले यो समस्या आएको उनको भनाइ छ । यसका अतिरिक्त सीमाको निर्धारित हिस्साहरूमा कब्जा र ‘नो म्यान्स ल्याण्ड’ मा अतिक्रमणबारे संयुक्त रूपमा मानचित्रण गरिँदै आएको जैसवालले बताए ।
प्रवक्ता जैसवालले भने, ‘हामीले नेपालको प्रधानमन्त्री र विदेश मन्त्रालयको बयानलाई हेर्यौँ । सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको छ । तापनि केही हिस्सामा केही विवाद छन्, जसलाई समाधान गर्न बाँकी छ । हामीले सीमा सम्बन्धित सबै समस्या समाधान गर्नका लागि दुईपक्षीय तन्त्र स्थापित गरेका छौँ।'
भारत र नेपालबीचको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहेको जैसवालले दाबी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस