Like us!
Follow us!
Connect us!
Watch us!
१४.४२ अंकले घट्यो सेयर बजार

नयाँ सरकारलाई सेयर बजारको रातो झण्डा

बुधबार, २४ जेठ २०७४, १७ : ०२ मा प्रकाशित

नयाँ सरकारलाई सेयर बजारको रातो झण्डा

अर्थ संसार, काठमाडौं – शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको दिन दोहोरो अंकले बढेको  सेयर बजार आज भने पुनः दोहोरो अंकले घटेर नयाँ सरकारलाई रातो झण्डा देखाएर स्वागत गरेको छ । 

मंगलबार दोहोरो अंकले बढेको बजार आज बुधबार भने दोहोरो अंकले घटेर  सरकारलाई रातो झण्डा देखाएको छ । नेप्से परिसूचक नयाँ अर्थमन्त्री नियुक्त भएको दिन भने १४.२४ अंकले घटेर १६२३.१३ अंकमा आइपुगेको छ । 

कारोबारको शुरुवाती समयमा दोहोरो अंकले बढेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्तत दोहोरो अंकले नै घट्यो ।पहिला अर्थमन्त्री भैसकेका र अर्थशास्त्रको बिद्यार्थी समेत रहेका महेश आर्चायको चर्चा गरिए पनि अन्तत राजनीति शास्त्रका बिद्यार्थी एवं अर्थ मामलामा अनुभव नभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई नवनियुक्त प्रधानमन्त्री देउवाले अर्थमन्त्री बनाएका छन् ।

बुधबार १४९ कम्पनीका १२ लाख ७९ हजार कित्ता सयर किनबेच हुँदा ७६ करोड ४७ लाख रुपैंयाँको कारोबार भएको छ । उपसूचकहरुमा उत्पादन क्षेत्र ९.६९ अंकले बढेको छ भने अन्य सबै राताम्मे भएका छन् । बैंकिङ १२.८४, होटल ४०.३२, बिकास बैंक १८.२७, जलबिद्युत १९.१५, बित्त १.९५, बीमा ११५.७८ र अन्य ०.२९ अंकले घटेको छ । 

स्ट्यान्डर्ड चार्डट बैंकको सबैभन्दा बढि रु  ९ करोड ४१ लाख बराबरको कारोबार भएको छ । सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको रु ४ करोड ६३ लाख र २ करोड ४ लाख बराबरको कारोबार भएको छ । 
बुधबार आरएसडिसि लघुबित्त र बल्र्ड मर्चेन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने बिजया लघुबित्त र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढि ६ प्रतिशत हाराहारीले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको