Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार : राजधानीमा चौपट, मोफसलमा बढ्यो

विहीबार, २५ जेठ २०७४, ११ : ५२ मा प्रकाशित

सेयर कारोबार : राजधानीमा चौपट, मोफसलमा बढ्यो

अर्थ संसार, काठमाडौं – राजधानीमा दोस्रो सेयर बजार जोखिमपूर्ण बन्दै गएको बेला मोफसलमा भने सेयर कारोबार बढेको छ । एक महिना अघि बुटबलबाट कारोबार सुरु भएको एसीयन सेक्युरिटिजले एक महिनाको अबधीमा रु एक करोडको भन्दा बढि कारोबार भएको छ ।

एसियन सेक्युरिटिज प्रालिले गत बैशाख २३ गते देखि बुटबलबाट सेयर कारोबार सुरु गरेको थियो ।कारोबारको सुरुवातसगै यस क्षेत्रका लगानीकर्तालाई सेयरमा कारोबार थप सहज भएको छ । लेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सुरु गरेको यो कम्पनीको ब्रोकर नं २६ हो ।

यस क्षत्रका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद  बिक्ती गराउने उदेश्यले कारोबार सुरु गरिएको एसियन सेक्युरिटिज प्रालीका अध्यक्ष रुद्रप्रसाद शर्माले बताउनु भयो । शाखाबाट तत्काल सेयर कारोबार गरियपनि निकट भबिश्यमा डीपीको काम समेत गरिने शर्माले बताउनु भयो ।

सेयर खरिद बिक्ती गर्दा सुन्य दशमलब ६ प्रतिशतदेखि सुन्य दशमलब चार प्रतिशतमा कमिशन लिने गरिएको शर्माको भनाई छ । यस क्षेत्रका लगानीकर्ताहरुले बैंक , इन्सुरेन्स, लघुबित्त बिकास बैक तथा हाइड्रोपावरमा लगानी गरेका छन् ।

बुटबल उद्योग वाणिज्य संघका अध्यक्ष महेस मान  सिंह बुटबल ठुलो शहर भैसकेको र लगानीकर्ताहरु  समेत बस्ने सुरक्षीत स्थान भएकोले बिभिन्न कम्पनी तथा समुहमा लगानी गर्नेहरु बढेको बताउनुहुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको