Like us!
Follow us!
Connect us!
Watch us!
आसर १ गतेदेखि २१ लाख ३० हजार कित्ता सेयर  बजारमा

पैसा जम्मा गर्नुहोस्, हिमालयन पावरको आइपिओ आउँदै

विहीबार, २५ जेठ २०७४, १२ : ५४ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, हिमालयन पावरको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– आसार १ गतेबाट  हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणका लागि  सेयर निस्कासन गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख  ३० हजार ८३४ कित्ता सेयर निस्कासन गर्न लागेको कम्पनीले जनाएको छ । निष्काशन सेयर असार ५ गतेसम्म आवेदन दिन पाइन्छ।

कुल सेयरमध्ये ४२ हजार ६१७ कित्ता आफ्ना कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। 
 
कम्पनीको सेयरमा कम्तिमा ५० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि निवेदन दिन पाइने छ। 

 निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल

कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको