Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्स बढ्यो, व्यापार घाटा सात खर्ब ४७ अर्ब

विहीबार, २५ जेठ २०७४, १८ : १७ मा प्रकाशित

रेमिट्यान्स बढ्यो, व्यापार घाटा सात खर्ब ४७ अर्ब

अर्थ संसार, काठमाडौं – विदेशबाट भित्रने रेमिट्यान्स गत वर्षको तुलनामा ५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत  बैशाखसम्मको मुलुकको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा रेमिट्यान्स आयातमा वृद्धि भएको हो ।

गत वैशाखसम्म विदेशमा रहेका नेपालीहरुले रु ५ खर्ब ६६ अर्ब ९७ करोड रेमिटेन्स पठाएका छन । यो अघिल्लो बर्षको तुलनामा ५.२ प्रतिशतले बढि हो । देशबाट बाहिरिने भन्दा भित्रिने रकम शोधनान्तर रु ५३ अर्ब ८४ करोड बचतमा रहेको छ । यद्यपी चालु खाता भने रु ७ खर्ब ५७ करोड घाटामा छ ।

 नेपाल राष्ट्र बैंकले बैशाखसम्मको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै निर्यात रु ६१ अर्ब २ करोड हुँदा आयात रु ८ खर्ब ८ अर्ब ६८ करोड पुगेको जनाउको छ । जसले गर्दा समग्र ब्यापार घाटा रु ७ खर्ब ४७ अर्ब ६५ करोड पुगेको छ ।

खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा यसको पार्टपुर्जा आयातका कारण समग्र ब्यापार घाटा बढेको हो।  आयात चिन्ताजनक रुपमा वढे पनि मूल्य बृद्धिले भने केही राहत दिएको छ। वैशाखसम्मको मूल्य बृद्धि अघिल्लो बर्षको तुलनामा जम्मा ३.४ प्रतिशतले मात्र बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको