Like us!
Follow us!
Connect us!
Watch us!
वित्तिय संस्थाको निजी क्षेत्रमा १६.६ प्रतिशत बढी लगानी

यसरी बढ्यो अनुत्पादक क्षेत्रमा लगानी

विहीबार, २५ जेठ २०७४, १८ : ४९ मा प्रकाशित

यसरी बढ्यो अनुत्पादक क्षेत्रमा लगानी

अर्थ संसार,काठमाडौं – बैंक तथा वित्तिय संस्थाले पछिल्लो दिनमा लगानीको मात्रा बढाएको छ । राष्ट्र बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको दश महिनाको प्रतिवेदनमा निजी क्षेत्रमा लगानी बढाएको उल्लेख छ ।

गत वैशाखसम्म कर्जा लगानी १६.६ प्रतिशत बढेर रु १९ खर्ब ५८ अर्ब ६० करोड पुगेको छ ।
गत असारमा बैंक तथा वित्तीय संस्थाको लगानी  रु १६ खर्ब ८१ अर्ब ९० करोड थियो । १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी रु २ खर्ब ७६ अर्ब ७० करोड बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १९.७ र विकास बैंकको २.५ प्रतिशत बढेको छ । तर वित्त कम्पनीको १.७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १०.८, औद्योगिक उत्पादन क्षेत्रमा १२.४, निर्माणम १८.४, थोक तथा खुद्रा व्यापारमा १३.८, सेवा क्षेत्रमा १६.८ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.१ प्रतिशत बढेको छ ।

घर जग्गाको धितोमा १३.९ प्रतिशत प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.५ र १४.२ प्रतिशत थियो ।

वैशाख मसान्तमा वाणिज्य बैंकबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको २.७ प्रतिशत बढेर रु ४४ अर्ब १५ करोड पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको