Like us!
Follow us!
Connect us!
Watch us!

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १२ : १२ मा प्रकाशित

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । 

एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । 

संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ । आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको