Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एयरलाइन्स जस्तो नाजुक कम्पनी विश्वमै छैन, सित्तैमा दिए पनि चाहिँदैनः यति ग्रुप

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १३ : ०५ मा प्रकाशित

नेपाल एयरलाइन्स जस्तो नाजुक कम्पनी विश्वमै छैन, सित्तैमा दिए पनि चाहिँदैनः यति ग्रुप

यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले नेपाल एयरलाइन्सको सेयर किन्ने कुरा त परै जावस कम्पनी सित्तैमा चलाउ भनेर दिए पनि आँफुले नलिने बताएकाछन् । नेपाल प्रेस डटकमको नेपाल टकसंगको कुराकानीमा शेर्पाले यसो बताएका हुन् । 

"नेपाल एयरलाइन्समा मैले इन्टरेस्ट राख्यो भनेर भन्दैछन् रे । मैले त घोषणा गरेर भनेँ, सित्तै दिए पनि चाहिँदैन । यो जस्तो नाजुक कम्पनी विश्वमा कहिँ पनि हुन्न । ७० वर्षको इतिहास बोकेको नेपाल एयरलाइन्स र ४ वर्षमा हामीले बनाएको हिमालय एयरलाइन्सको तुलना गरौं । नेपाल एयरलाइन्स जतिको मैले बनाइसकेँ । सोनाम शेर्पा तिमी सित्तैमा चलाउ भनेर दिए पनि चाहिँदैन" शेर्पाले भने । 

यतिले नेपाल एयरलाइन्स लिने भयो भन्ने हल्ला गरेर इमोशनल ब्ल्याकमेल गर्न खोजेको उनको आरोप छ ।

नेपाल प्रेसबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको