Like us!
Follow us!
Connect us!
Watch us!
अहिलेसम्म  एक अर्ब १९ करोड मुआब्जा

बुढीगण्डकी प्रभावितलाई धमाधम मुआब्जा वितरण

आइतबार, २८ जेठ २०७४, १३ : २८ मा प्रकाशित

बुढीगण्डकी प्रभावितलाई धमाधम मुआब्जा वितरण

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाले हालसम्म रु एक अर्ब १९ करोड ३६ लाख मुआब्जा वितरण गरेको छ ।

कुल एक हजार २०० मेगावाट क्षमताको बन्ने बूढीगण्डकी जलबिद्युत् आयोजनाको डुवान क्षेत्रका प्रभाबितलाई अहिलेसम्म एक अर्ब १९ करोड ३६ लाख मुआब्जा रकम बितरण गरिएको जनाएको छ ।

गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाउँका प्रभाबितलाई पहिलो चरणमा मुआब्जा बितरण गरिएको आयोजनाले जनाएको छ ।प्रभावितको बैंक खातामा मुआब्जा रकम पठाइएको मुआब्जा बितरण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

गत फागुन ११ गतेदेखि अहिलेसम्म ५८३ जनालाई मुआब्जा बितरण गरिएको छ । चालु आ.ब.मा मुआब्जा बितरण गर्नलाई गोरखामा रु दुई अर्ब ५० करोड मुआब्जा वितरण गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

धादिङतर्फ पनि मुआब्जा बितरणको काम भइरहेको छ । आयोजना निर्माण गर्दा गोरखाका साबिक १४ र धादिङका १३ गाबिस प्रत्यक्ष रुपमा प्रभावित बन्नेछन्। दुवैतर्फ गरी तीन हजार पाँच सय ओटा घर बिस्थापित हुने भएकाले उनीहरुलाई कहाँ पुर्नस्थापना गर्ने भन्ने अहिलेसम्म एकीन भइसकेको छैन ।

सरकारले आयोजना चिनियाँ कम्पनीलाई अगाडि बढाउने गरी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । चालु आवमा नै रु १५ अर्ब मुआब्जा बाड्ने तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । आयोजनाका लागि हालसम्म नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार कर मार्फत रु नौ अर्ब ३६ करोड रकम उठाइसकेको छ । 

यो पनि पढ्नुहोस् 

रामेछापमा मात्रै एक हजार ८ सय मेगावाट क्षमताको पिपिए 

८६ मेगावाट क्षमताको सोलुखोला–दुधकोशी आयोजना इटालीयन कम्पनीले बनाउने 

भरतपुरको फैसला आज हुँदै, कसको पक्षमा आउला फैसला ? 

नेपाल खाद्य संस्थानले माग्यो  ५६ जना कर्मचारी (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको