Like us!
Follow us!
Connect us!
Watch us!

यात्रु भ्रमणको विवरण प्रहरीलाई दिनुपर्ने

अर्थ संसार

शनिबार, ०९ असोज २०७८, ०९ : ३३ मा प्रकाशित

यात्रु भ्रमणको विवरण प्रहरीलाई दिनुपर्ने

ताप्लेजुङका यातायात व्यवसायीहरूका संस्थाहरूले अब यात्रुको भ्रमण, प्रस्थान बिन्दु र गन्तब्यको जानकारीसहितको विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने भएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायीहरूले निर्धारित भाडादर, यात्रुको भ्रमण प्रस्थान बिन्दु र गन्तब्यको जानकारीसहितको विवरण प्रहरी कार्यालयमा पठाउनु पर्ने निर्णय गरेको हो ।

बैठकमा पाण्डेले कम्तिमा छठ पर्वसम्म अहिले कायम रहेको भाडादरमा वृद्धि नगर्न र साविककै प्रचलित दरलाई कार्यान्वयन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेका छन् । ‘यसो गर्न सकेमा यातायात व्यवसायीले यात्रुलाई पर्वका बेला छुट दिएको अनुभूति पनि हुन्छ’ प्रजिअ पाण्डेले भने । उनले प्रचलित भाडादर भन्दा बढी लिएमा प्रशासन ‘एक्सन’मा उत्रिने पनि बताए ।

बैठकले सिट क्षमता भन्दाबढी यात्रु नराख्ने, कोरोना महामारी नियन्त्रण तथा थप बढ्न नदिने उपाय स्वरुप जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेसमेत निर्णय गरेकोे छ । पाथीभरा देवीको दर्शन गर्न आउने तिर्थयात्रीको दर्शन यात्रालाई सहज बनाउन यातायात व्यवसायीहरूसँगको समन्वय र सहकार्यमा सहयाता कक्ष स्थापना गर्ने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले तोक्मेडाँडा क्षेत्रमा र वीरेन्द्र चोकमा भीडभाड नियन्त्रण तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने/गराउने कार्यमा सहजीकरण गर्न सहयाता कक्ष स्थापना गर्ने बताए । चाडपर्वहरू नजिक आउन थालेकोले उपभोग्य बस्तुको अभाव हुन नदिइ बिक्री बितरणलाई सहज बनाउन व्यवसायीहरूले अनिवार्य रुपमा दैनिक मूल्य सूची राख्नुपर्नेसमेत निर्णय गरिएको छ ।

दैनिक उपभोग्य र चाडपर्वको समयमा बढी प्रयोगमा आउने लुगा कपडासहितका सामानमा सक्दो छुट दिएर उपभोक्ताको हित अनुकुल हुने गरी कार्य गर्नसमेत बैठकले ताप्लेजुङ उद्योग बाणिज्य संघमार्फत सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । प्रजिअ पाण्डेले निर्णय कार्यान्वयन भए/नभएको अनुगमन गरिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको