Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक यातायातको भाडा बढ्ने

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०७ : १० मा प्रकाशित

सार्वजनिक यातायातको भाडा बढ्ने

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भने, “गाडीभाडा समायोजनको स्वचालित मूल्य समायोजन गर्ने निर्णय पहिल्यै भइसकेको छ । पेट्रोलियमको मूल्य बढेपछि के  गर्ने  भन्ने  कुरा  विभागमा  रहेको  कमिटीले  काम गर्छ ।”

वैज्ञानिक भाडादरको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा पाँच प्रतिशत थपघट हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक  यातायातको  वैज्ञानिक  भाडादर  समायोजनका  लागि  पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजल पेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर भाडा समायोजन हुनेछ । 

यातायात व्यवस्था विभागले जेठ ३ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको