Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास

आइतबार, २८ जेठ २०७४, २२ : ०५ मा प्रकाशित

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास

काठमाडौँ– नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आज साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । 

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उहाँ सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए । 

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ”–अध्यक्ष झाले रासससँग भन्नुभयो । उहाँले घटाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको