Like us!
Follow us!
Connect us!
Watch us!

एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १४ : १६ मा प्रकाशित

एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

एसियन डेभलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ ।

सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ । जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधीभर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको