Like us!
Follow us!
Connect us!
Watch us!

एडीबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर ३.९% रहने

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १२ : ५१ मा प्रकाशित

एडीबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर ३.९% रहने

एशियाली विकास बैंक (एडिबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो। यो गत आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहेको छ ।

यसअघि उसले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको  थियो । यस बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान उसको छ ।

एडीबीले सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान उसको छ । अप्रिलको प्रक्षेपणमा भने ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान थियो । 

सन् २०२४ मा नेपालले मुद्रास्फीतितर्फ ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा मुद्रास्फीति दर ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान उसको छ ।

यसैगरी, उसले दक्षिण एशियाली भेगमा भने सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । सन् २०२५ मा  भने सो क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सो क्षेत्रमा पनि सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर हुने अनुमान छ । 

भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले यस वर्ष समान ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको