Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ११ : ४६ मा प्रकाशित

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

नाडाले हिजाे (असाेज १३ गते) नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा छलफल गरेको छ ।   

उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिएका छन् । 

उक्त छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको वर्गिकरणमा स्पष्टता हुनुपर्ने बताएका छन् । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराएका छन् ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताएका छन् । सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताएका छन्।

सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।              

                                                                               

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको