Like us!
Follow us!
Connect us!
Watch us!

तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

अर्थ संसार

सोमबार, १४ असोज २०८१, २१ : ३१ मा प्रकाशित

तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चालनमा आएको छ ।

आईतवार बिहानै देखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४-५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल 
गुल्मभित्र ३-४ फिट पानी जमेको थियो । आईतवार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

तर सोमवार बिहानै देखि आईतवारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताएका छन् । तर सोमवार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वार सम्म २-३ फिट पानी जमेको कारण वारिपारी पैदल आउनेजाने लाई ठुलो सास्ती भईरहेको छ ।

भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भएपनि पैदल यात्रुलाई कठिनाई रहेको छ । भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको